पाकिस्तानमा साम्प्रदायिक झडप, ३८ जनाको मृ*त्यु
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतंककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ ।
‘दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए।
उनले भने, ‘प्रारम्भिक रिपोर्टअनुसार मृतक छ जना महिला, केही बालबालिका र प्रहरी अधिकारी रहेको पुष्टि भएको छ । दुवै घटनामा करिब १० जना आक्रमणकारीको संलग्नता रहेको र सडकको दुवैतिरबाट अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।
नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘दुवै समूहमा करिब ४० वटा गाडी थिए जुन प्रहरीको सुरक्षामा यात्रा गरिरहेका थिए।
महसूदले भने, ‘महिला र बालबालिकाले स्थानीय घरमा शरण लिएका थिए र हामी अहिले त्यस क्षेत्रमा (आक्रमणकारी) को खोजी गरिरहेका छौं।’
‘प्रारम्भिक रिपोर्टमा यस क्षेत्रलाई महिनौंदेखि पिरोलेका साम्प्रदायिक मुद्दा होर पीडितमध्ये अधिकांश शिया समुदायका व्यक्तिहरू रहेका छन्,’ उनले यसअघि जारी गरेको वक्तव्यमा भनेका थिए ।
सुन्नी र शिया मुस्लिम जनजातिहरू उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा केही महिनादेखि लगातार लडिरहेका छन्। पाकिस्तानमा हुने सामुदायिक झडपमा परी वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।
गत अक्टोबरमा भएको झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी
रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक
दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू
वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ
अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, ट्रम्पको अग्रता
अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू
प्रतिकृया दिनुहोस