युवा विद्यार्थी भन्छन–‘सरकारी जमिनमा अवैध संरचना बनाउन बजेट दिने कार्यपनि भ्रष्टाचार हो, यसमा अख्तियारले छानबिन गर्नुपर्छ’

२०८१ कार्तिक २९ बिहीबार

डिल्लीराज पन्त / कञ्चनपुर -


कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै संरचना नभत्काए आन्दोलनको चेतावनी दिएका छन् । भीमदत्त नगरपालिका मातहत आएको नगर विकास समितिको जमिन केही व्यक्तिले संस्थाको नाममा लिएर रजाई गरिरहेको भन्दै सबै अवैध संरचना भत्काएर सरकारी जमिन खाली गर्नुपर्ने बताएका छन् । 


‘सरकारी जमिनमा अवैध घर बनाउन बजेट ल्याउने सांसद मन्त्रीदेखि निकासा गर्ने कर्मचारीमाथि कार्बाही गर्नुपर्ने बताएका छन, यस्तो कार्य भ्रष्टाचारजन्य पनि भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका भ्रष्टाचारबिरुद्धमा कार्यरत सरकारी निकायले समेत छानबिन अघि बढाएर कार्बाही गर्नुपर्ने बताए । नागरिकले आफ्नै घर आफ्नै कमाईबाट बनाउँदा सरकारी निकायमा लालपुर्जा पेश गर्नुपर्ने अनि सरकारी जमिन अतिक्रमण गरेर लाखौँ, करोडौँ रकम ल्याएर अवैध संरचना बनाउँदा उनीहरुको लालपुर्जा किन मागिएन यो त संस्थागतको पनि महाभ्रष्टाचार भएको विद्यार्थी युवाको ठहर छ । 


बुधबार युवा विद्यार्थीले जिल्ला प्रशासन र भीमदत्त नगरपालिकामा डेलिगेशन दिर्दै आफु निकट व्यक्तिका जोगाउने अरुका भत्काउने भन्दै सबै अवैध सरचना भत्काएर सरकारी जमिन सरक्षणमा जोडदिएका छन् । अखिल क्रान्तिकारी कञ्चनपुरका युवा नेता सुरेश भट्टले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी परर्शुराम अर्याल र भीमदत्त नगरका उपप्रमुख निलम लेखकलाई भेटेर सरकारको लगानी भएका भवन नभत्काउने बाहानाबाजी गरेर अतिक्रमणलाई सरक्षण गर्न नहुने चेतावनी दिएका छन् । उनले सरकारी सबै अवैध सरचना भत्काएर सरकारी सम्पत्ती सरक्षणमा जोडदिएका छन् । 


नेकपा माओवादी केन्द्रका नेता सिके भट्टले भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीलाई टेलिफोन नै गरेर सरकारी लगानी भनेर अवैध सरचना सरक्षण गर्न नहुने बताए । ‘नेपाल सरकारले लगानी वैध संरचनामा लगाउने हो, ‘उनले भने, ‘कुनै सांसद, मन्त्रीको पहलमा आएको बजेटमा बनेको सरचना भनेर पन्छिन हुँदैन ।’ 


सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी गर्ने निकाय व्यक्तिमाथि पनि छानबिन गर्नुपर्ने माओवादी नेता भट्टको भनाई छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पशुराम पोखरेलले सार्वजनिक जमिन सरक्षणको दायित्व प्रशासन र पालिकाहरुको भएकाले उनीहरुले आ–आफ्नो क्षेत्रमा रहेका अवैध सरचना खालीदेखि सरकारी जमिन सरक्षण गर्ने निर्णय गरेका छन् ।

 
सरकारी जमिन अतिक्रमण गरेर बनाएका संरचनामा सरकारको लगानी भन्दै बहानाबाजी गरेर दोहोरो जनतामाथि घात भएको आन्दोलनमा उत्रिएका युवा विद्यार्थीको भनाई छ । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले अतिक्रमण हटाउने कार्य निरन्तर अघि बढ्ने बताउदै नगर विकास समितिको जमिनमा निर्माण भएका अवैध संरचना खाली गराउन विभेद नगरिने बताए ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले सरकारी अतिक्रमित जमिन खाली गराउने बताए । 

 

प्रतिकृया दिनुहोस

शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये

उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक

कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको