कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।
जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन । नेपाली कांग्रेसबाट उहाँ दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित हुनु भएको थियो ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले)- नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।
शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए
डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये
उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार
सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक
युवा विद्यार्थी भन्छन–‘सरकारी जमिनमा अवैध संरचना बनाउन बजेट दिने कार्यपनि भ्रष्टाचार हो, यसमा अख्तियारले छानबिन गर्नुपर्छ’
डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै संरचना नभत्काए आन्दोलनको चेतावनी दिएका
प्रतिकृया दिनुहोस