कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु
कञ्चनपुर -
कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ वर्षीय बालक अनमोल कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ वाणीबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको छ । सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । उनको भारतको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए ।
आफन्तले चरम लार्पबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।
बाजुरामा अनुदानको नुन लिन कार्यालयको सिफारिस अनिवार्य
बाजुरा - बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले
भीमदत्त ६ वडाध्यक्षका लागि रास्वपाबाट भट्ट उम्मेदवार
कञ्चनपुर - आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई
विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द
बैतडी - बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या
प्रतिकृया दिनुहोस