‘पूर्णबहादुरको सारंगी’ले दश दिनसम्म कमायो १८ करोड
फिल्म ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्सअफिसमा प्रदर्शनको दशौं दिनसम्म १७ करोड ९८ लाख ग्रसको ब्यापार गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।
फिल्मको कूल कलेक्सनमा काठमाडौं उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ छ । मुलुकका ४८० शोबाट विजय बराल स्टारर फिल्मले यो कमाइ गरेको जनाइएको छ ।
आठ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको हो । शनिबारको यो कमाइ घरेलु फिल्मको इतिहासमा सर्वाधिक हो ।
‘यो अभूतपूर्व र तीव्र गतिको कमाइ हो’ ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने, ‘कमाइको यही गति कायम रहे चाँडै २० करोडको आँकडा पार गर्ने हाम्रो प्रक्षेपण छ ।’
धेरै कमाउने नेपाली फिल्मको रेकर्ड ‘कबड्डी ४’सँग छ जसको कलेक्सन निर्माताले दिएको आधारमा (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म
‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख
चलचित्र ‘ह्रस्व-दीर्घ’ कात्तिक ३० देखि प्रदर्शन हुने
सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। सोमबार धनगढीमा
‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात
बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले पहिलो दिन शानदार कमाई गरेको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय
प्रतिकृया दिनुहोस