अमेरिकाको केही राज्यमा राष्ट्रपति चुनावको मतगणना शुरू, ट्रम्पको अग्रता

२०८१ कार्तिक २१ बुधबार

अमेरिकाको केही राज्यमा  राष्ट्रपति चुनावको मतगणना शुरू भएको छ । नर्थ क्यारोलिना, साउथ क्यारोलिना, इन्डियाना, केन्टुकी लगायतका राज्यमा मतगणना शुरू भएको हो ।

 

यो चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा छ ।

 

अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत गणनामा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको अग्रता रहेको छ । उहाँ डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसभन्दा अगाडि देखिनुभएको हो ।

 

पूर्वराष्ट्रपति ट्रम्पले १९५ इलेक्टोरल भोट ल्याउँदा वर्तमान उपराष्ट्रपति ह्यारिसको ९१ इलेक्टोरल भोट मात्र आएको छ । जीतका लागि कुल पाँच सय ३८ मध्ये दुई सय ७० इलेक्टोरल भोट चाहिन्छ ।

 

अहिलेसम्मको मतगणनाअनुसार ट्रम्पले ५२ दशमलव ४ र ह्यारिसले ४६ दशमलव ३ मत प्राप्त गरेका बीबीसीले जनाएको छ । मतगणना गर्ने विधि राज्य अनुसार फरक फरक रहेका छन् । 

प्रतिकृया दिनुहोस

रुस-युक्रेन युद्ध बढ्ने संकेत, छिमेकी देशले जारी गरे चेतावनी

रुस र युक्रेनबीच तनाव बढेपछि तीन छिमेकी देशले युद्धको चेतावनी जारी गरेका छन् । नर्वे, फिनल्याण्ड र डेनमार्कले आफ्ना नागरिकहरूलाई अत्यावश्यक

दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ

गाजामा पोलियो खोप अभियान पुन: सुरु

उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु