श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान चल्दै

२०८१ असोज ५ शनिबार

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो ।

 

राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा छन् ।

 

अनुरा कुमारा सन् २०१९ को राष्ट्रपतीय चुनावमा पनि उम्मेद्वार थिए । यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।

 

यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी भएका थिए । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोड्नुपरेको थियो । लगत्तै त्यहाँको संसदले रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो ।

 

प्रतिकृया दिनुहोस

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन् : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन ।   सञ्चारकर्मीसँग

रुसले आउँदो वर्ष रक्षा खर्च ३० प्रतिशतले बढाउने

रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल अर्थात एक खर्ब ४५ अर्ब डलरको हुने हिजो

श्रीलङ्कामा राष्ट्रपतीय चुनावको मतगणना चल्दै

श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता