बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो
दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । बङ्गलादेशले दिएको दुई सय ५३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर तीन बलमा एक सय ८४ रनमा आलआउट भयो ।
अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ५२ रन बनाए । बङ्गलादेशका नसुम अहमदले तीन विकेट तथा मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान दुई विकेट लिए ।
त्यसअघि युएईको शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७२ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ७६ रन बनाए । अफगानिस्तानका नङ्गेलिया खरोटेले तीन विकेट तथा एएम गजन्फर र राशिद खानले समान दुई विकेट लिए ।
यो जीतसँगै तीन खेलको एकदिवशीय शृङ्खला १–१ को बराबरी भएको छ । अब दुई देशबीचको तेश्रो तथा निर्णायक एकदिवशीय खेल भोलि हुनेछ ।
नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ । नेपालले
सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल )को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर
१९ वर्षमुनिको महिला विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपाल र थाइल्याण्ड खेल्दै
युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र
प्रतिकृया दिनुहोस