१९ वर्षमुनिको महिला विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपाल र थाइल्याण्ड खेल्दै

२०८१ कार्तिक २५ आइतबार

युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ ।

 

गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।  बिहीवार कुवेतलाई एक सय आठ रनले हराएको नेपाल हिजो युएईसँग १३ रनले पराजित भयो ।

 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ । 

प्रतिकृया दिनुहोस

नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ ।   नेपालले

सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल )को फ्रेन्चाइज टोली सुदूरपश्चि रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।   टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर

बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हरायो

दोश्रो एकदिवशीय क्रिकेटमा बङ्लादेशले अफगानिस्तानलाई ६८ रनले हराएको छ । बङ्गलादेशले दिएको दुई सय ५३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर तीन बलमा