के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग विशेषज्ञका अनुसार यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले स–साना पानी जमेका स्थानमा फुल पार्ने गर्छ ।
खासगरी वर्षाको पानी जस्तैः टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा पाइने भएकाले लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोक्दा हुने भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ । केही बिरामीमा यो रोग डेङ्गु हेमोरेजिक फिबर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।
डेङ्गुका लक्षणहरु
– सुरु रोगका बिरामीहरुमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिँगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पुरै दुख्ने हुन्छ ।
– जोर्नीहरु दुख्ने, बान्ता हुने, आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन ।
– शरीरमा रातो दानाहरु आउँने, स्वासप्रस्वासमा समस्या आउँने, नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको संख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।
– तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ ।
– शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ ।
डेङ्गुबाट बच्ने उपाय
– लामखुट्टेको टोकाइबाट बच्ने
– घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने
– घर नजिक कुनै पनि झाडी नराख्ने
– लामखुट्टेको टोकाइबाट बच्न सधैं झुलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्ने
– झ्याल ढोकामा जाली राख्ने
– शरीर पुरै ढाक्ने लुगा लगाउने
– सरसफाइमा विशेष ध्यान दिनुपर्छ
बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ?
बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ
स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तन क्यान्सर बढी महिलाहरुमा हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानै समेत गुमाउनु परेको छ । स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने
सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार
देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै
प्रतिकृया दिनुहोस