सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

२०८१ असोज २ बुधबार

बझाङ -

 

बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।

 

कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए ।  'तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍याइएको छ,' उनले भने, 'बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौँ तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।' 

 

ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट