युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

२०८१ भदौ २१ शुक्रबार

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो ।

 

दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन् ।

 

चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा सार्वजनिक भएको थियो ।​

प्रतिकृया दिनुहोस

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक

सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर