कञ्चनपुर : स्यालले टोक्दा ५ जना घाइते
कञ्चनपुर -
कञ्चनपुरमा बहुला स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ५ जना घाइते भएका हुन् ।
शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन् ।
घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।
दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही
काउली उत्पादनले घरखर्च चलाउन सहज
डाेटी – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा
१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ
कैलाली - कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि
प्रतिकृया दिनुहोस