सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

२०८१ भदौ ७ शुक्रबार

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।

 

नमेटिने घाउ

 

५८ दिनको निर्माण प्रक्रिया र ३ करोड रुपैयाँको बजेटमा तयार भएको यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ । चलचित्रमा विशेष आकर्षण भनेको यसमा देखिएका अतिथि भूमिकाहरू हुन् ।

 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चा दिलाएको छ । ट्रेलरमा यी राजनीतिक हस्तीहरूले एसिड आक्रमणविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको दृश्यले दर्शकको चासो बढाएको छ । 

 

चलचित्रले एसिड आक्रमणबाट पीडित व्यक्तिहरूको शारीरिक, मानसिक, र सामाजिक पीडा चित्रण गर्दै समाजमा चेतना फैलाउने उद्देश्य राखेको छ । यसले पीडितको न्यायको माग र एसिडको बिक्री वितरणमा रोक लगाउने मागलाई सशक्त रूपमा उठाएको छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायत १२५ जना कलाकारको अभिनय रहेको छ ।

 

यस्तै दुई सयभन्दा बढी प्रहरी अधिकारीहरूको अभिनयले चलचित्रलाई थप यथार्थपरक बनाएको छ । निर्देशक रमित ढुङ्गानाले समाजमा चेतना फैलाउनका लागि निर्माण गरिएको यो चलचित्रको दोस्रो र तेस्रो भागको पनि तयारीमा रहेको जानकारी दिनु भयो । 

 

सतीदेवी

 

लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको सङ्घर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो चलचित्र लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग सङ्घर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ । सतीदेवीको भुमिकामा नायिका मलिका महतले अभिनय गर्नु भएको छ ।

 

चलचित्रले लैङ्गिक असमानता, ग्रामीण समुदायमा महिलाले भोग्नुपर्ने समस्याहरू, र समाजको परम्परागत सोचको विरुद्ध लड्ने कथालाई प्रस्तुत गरेको छ । निर्देशक सुवेदीले वास्तविक जीवनका घटनाहरूलाई कथामा समावेश गरेर सामाजिक सुधारको पक्षमा आवाज उठाएको बताउनु भयो । चलचित्रमा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ । 

प्रतिकृया दिनुहोस

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक