चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

२०८१ भदौ १४ शुक्रबार

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक संवेदना समेटिएका छन् । यो चलचित्रले विशेषतः युवा पुस्तालाई लक्षित गरेको छ, जसमा नेपाली समाजको विवाह संस्कृतिलाई रमाइलो तरिकामा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

 

चलचित्रको कथा पारिवारिक प्रेम, स्नेह र गलत बुझाइलाई आधार बनाएर बुनेको छ । चलचित्रका मुख्य पात्रमा नवनायक विवेक कर्मचार्य र नायिका आँचल शर्मा छन् । चलचित्रले जीवनमा आउने उतारचडाव, रमाइला क्षणहरू र मन छुने घटनाहरूलाई देखाउन खोजेको छ ।

 

चलचित्रमा गरिमा शर्मा, विजय लामा, विजु पार्की, रवीन्द्र खड्का, र किरण केसी जस्ता अनुभवी कलाकारहरूको समेत अभिनय रहेको छ । सरिता लामिछाने, हिमेश पन्त, कुसुम शर्मा, सृष्टि खड्का, दिनेश काफ्ले, यमन श्रेष्ठ, अंशु महर्जन, र सीता न्यौपाने लगायतका कलाकारहरूको अभिनयले चलचित्रलाई थप जीवन्त बनाएको छ ।

प्रतिकृया दिनुहोस

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर