भारतको बङ्गालमा बलात्कारलाई मृत्यु*दण्ड दिने कानून पारित

२०८१ भदौ १९ बुधबार

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गएको अगस्ट ९ तारिखमा कोलकाताको एउटा सरकारी अस्पतालमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी एक महिला डाक्टरको बलात्कार र हत्याको घटनापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनले यस्ता घटनामा कडा सजायको व्यवस्था गर्न सरकारलाई दबाब परेको थियो ।

 

पश्चिम बङ्गाल राज्य विधानसभाले पारित गरेको कानून राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी छ । भारतको फौजदारी संहिता देशभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

नयाँ कानूनअनुसार बलात्कारको घटनामा पिडकलाई अहिले रहिआएको आजीवन जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । 

प्रतिकृया दिनुहोस

भारतको मणिपुरमा हिंसा झन बढ्दै

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको