नेपालमा पनि एमपक्सको जोखिम

२०८१ भदौ १६ आइतबार

अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको छ । डाक्टरहरूका अनुसार नेपालमा जोखिम रहे पनि  कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ ।

 

जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा. पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो ।

 

सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो ।यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उहाँले बताउनुभयो ।

 

ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ ।

प्रतिकृया दिनुहोस

के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा

मध्य असोजसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा,