शेख हसिना सरकारका आठ मन्त्रीलाई देश छाड्न प्रतिबन्ध

२०८१ भदौ १५ शनिबार

बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका ६ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् ।

 

प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन् ।

 

देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन् ।

 

यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो ।

 

राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ । उनलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

भारतको मणिपुरमा हिंसा झन बढ्दै

जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधा समेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न रोक लगाइँदै

अष्ट्रेलियाले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल चलाउन उमेरमा हदबन्दी लगाउने तयारी थालेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको