कम्प्युटरमा कनेक्ट भएको वाई-फाईको पासवर्ड हेर्न यसो गर्नुहोस् !

२०८१ श्रावण २७ आइतबार

कहिलेकाहीँ हामी वाई-फाईमा कनेक्ट भएका हुन्छौं, तर यसको पासवर्ड बिर्सन्छौं । यस्तो अवस्थामा तपाईंले आफ्नो कम्प्युटरमा कनेक्ट भएको वाई-फाई नेटवर्कको पासवर्ड कसरी हेर्ने भनेर जान्न आवश्यक हुन्छ । यहाँ हामीले विन्डोज र म्याकमा वाई-फाई पासवर्ड कसरी हेर्ने भन्ने प्रक्रिया सरल भाषामा बताउन लागेका छौं: ​​

 

म्याक

 

म्याकमा तपाईंले प्रयोग गरेका सबै पासवर्डहरू किचेन एक्सेस (Keychain Access) मा बस्छन् । यो म्याकओएसका लागि पासवर्ड म्यानेजमेन्ट सिस्टम हो । सेभ भएका वाई-फाई पासवर्ड हेर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

 

-साइडबारमा भएको 'सिस्टम किचेन्स'मा क्लिक गरेर सिस्टम भन्ने विकल्प छान्नुहोस् ।

 

-विभिन्न विकल्पमध्ये सबैभन्दा माथि रहेको 'पासवर्ड्स'मा क्लिक गर्नुहोस् ।

 

-आफूले हेर्न चाहेको वाई-फाईको नाममा डबल क्लिक गर्नुहोस् । 

 

-अब 'Show password' बक्समा क्लिक गर्नुहोस् । त्यहाँ आफ्नो डिभाइसको पासवर्ड (म्याक पासवर्ड) मागे टाइप गर्नुहोस् । 

 

यसपछि तपाईंले उक्त वाई-फाईको पासवर्ड देख्न सक्नुहुन्छ । अब त्यसमा डबल क्लिक गरेर पूरै पासवर्ड कपि गर्न सक्नुहुन्छ ।

 

विन्डोज

 

आफू कनेक्ट भइरहेको वाई-फाईको वासवर्ड पत्ता लगाउन विन्डोजमा निकै सजिलो छ । तर पहिले कनेक्ट भएका वाई-फाईका पासवर्ड पत्ता लगाउन भने अलि मेहनत गर्नुपर्छ । अहिले कनेक्ट भइरहेको वाई-फाईको वासपर्ड पत्ता लगाउन निम्न तरिका अपनाउनुहोस्:

 

-स्टार्ट बटनमा क्लिक गरेर कन्ट्रोल प्यानल (Control Panel) मा जानुहोस् । त्यहाँ नेटवर्क एन्ड इन्टरनेट (Network and Internet) छान्नुहोस् । यसपछि नेटवर्क एन्ड शेयरिङ सेन्टर (Network and Sharing Center) मा जानुहोस् । -त्यहाँका ‘भ्यू योर एक्टिभ नेटवर्क’ (View Your Active Network) भित्र तपाईंले आफ्नो वाई-फाई निलो रङमा हाइटलाइट भइरहेको देख्नु हुन्छ । त्यसमा क्लिक गर्नुहोस् । 

 

-अब वाई-फाई स्टेटस पेज खुल्छ । जहाँ वायरलेस प्रोपर्टिज (Wireless Properties) मा हुँदै सेक्युरिटीमा क्लिक गर्नुहोस् । 

 

 

-अब शो क्यारेक्टर्समा (Show Characters) क्लिक गर्नुहोस् । यसपछि तपाईंले आफ्नो वाई-फाईको पासवर्ड देख्नुहुन्छ । 

 

यद्यपि विन्डोजमा कनेक्ट भइरहेको वाई-फाईको पासवर्ड हेर्ने तरिका यो मात्र होइन । त्यसमाथि यस तरिकाबाट अहिले वर्तमान समयमा कनेक्ट भएको वाई-फाई मात्र हेर्न सकिन्छ । यसअघिका सबै वाई-फाईको पासवर्ड हेर्न तलको तरिका अपनाउनुहोस: 

 

-टास्कबारमा भएको विन्डोजमा क्लिक गर्नुहोस् ।

 

-विन्डोज टर्मिनल (एड्मिन) एपमा जानुहोस् । तपाईंले ‘terminal’ टाइप गरेर सर्च गर्न सक्नुहुन्छ । 

 

-अब ‘netsh wlan show profile’ टाइप गरेर इन्टर थिच्नुहोस् ।

 

 

-त्यहाँ तपाईंले अहिलेसम्म कनेक्ट भएका वाई-फाईहरूको सूची देख्न सक्नुहुन्छ । अब netsh wlan show profile "(Wi-Fi network name)" key=clear (जस्तै: netsh wlan show profile "techpana" key=clear) टाइप गरेर इन्टर थिच्नुहोस् ।

 

-अब सेटिङ, कनेक्टिभिटी, सेक्युरिटी जस्ता कुराहरू देखा पर्छन् । उक्त वाई-फाईको पासवर्ड भने सेक्युरिटी सेटिङ भित्रको 'की कन्टेन्ट' (Key Content) मा देखा पर्छ । 

 

 

यसरी तपाईंले विन्डोज तथा म्याकमा कनेक्ट भएका वाई-फाईहरूको पासवर्ड सजिलै पत्ता लगाउन सक्नुहुन्छ । तर, आजकलका अधिकांश स्मार्टफोनमा योभन्दा सजिलै तरिकाले कनेक्ट भइरहेको वाई-फाईको पासवर्ड पत्ता लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।   अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।   खुलातर्फ १ सय