कञ्चनपुर : भीमदत्तका दर्जन घर कटानको जोखिममा

२०८१ श्रावण ११ शुक्रबार

कञ्चनपुर – 

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ ।

 

गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्दले बताए । “अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो । त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ”, उनले बताए ।

 

बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उनको गुनासो छ । “तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर हाम्रो पीडा कसैले सुनेन”, उनले भने, “पानी पर्दा कुन बेला घर तहसनहस पार्छ ? डराइडराइ बस्नुपर्ने बाध्यता छ ।”

 

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । “अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ”, स्थानीय मोहन नाथले भने, “आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन ।”

 

स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । “यहाँ खोला नदी केही छैन । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पु¥याएको हो,” तुम्णानीकी राजमतीदेवी विष्टले भने, “यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?”

 

उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए।

 

चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए ।

 

भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ ।

 

“कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन”, नाथले भने, “कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।”

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी