७३ जिल्लामा भेटिए डेंगुका बिरामी

२०८१ श्रावण १० बिहीबार

नेपालका ७३ जिल्लामा डेंगुका बिरामी  भेटिएका छन् ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।

 

हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ ।

 

नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन् । काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा

मध्य असोजसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च

स्वास्थ्य सेवा विभागले जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा,