गृहमन्त्री लेखक र चीनका राजदूत चेन सङबिच भेटवार्ता

२०८१ श्रावण ७ सोमबार

 

 गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्राल पुगेर राजदूत सङले गृहमन्त्री लेखकसँग बधाई ज्ञापनसहित भेटवार्ता गर्नुभएको हो ।

 

भेटमा गृहमन्त्री लेखकले दुई देशबिच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उहाँले नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो । 


नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिनुभयो । साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

राजदूत सङले पनि नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्‍वास व्यक्त गर्नुभयो । नेपाल र चीनबिच साँस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकहरुको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट पार्नुभएको थियो। साथै अध्यागमन प्रशासनलाई सुदृध बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उहाँको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

एमालेले आउँदो चुनाव एक्लै लड्ने

नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले

प्रतिनिधि सभाको बैठक आज बस्दै

आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक  बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।   आज बस्ने प्रतिनिधि सभा बैठकमा

रास्वपा सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले