एमालेले आउँदो चुनाव एक्लै लड्ने

२०८१ भदौ १९ बुधबार

नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको दुई दिन नबित्दै हिजो प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेले पनि आउँदो चुनाव एक्लै लड्ने घोषणा गर्नुभयो ।

 

एमाले केन्द्रीय कार्यालय ललितपुरमा हिजोदेखि शुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले कांग्रेससँग सरकारमा सहकार्य भए पनि चुनावमा आ–आफ्नो नीति लिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । पार्टीले एकल बहुमत ल्याउने उद्देश्यसहित ‘मिसन ०८४’ तय गरेको भन्दै उहाँले त्यसैअनुसार कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।

 

गएको आइतवार कांग्रेस केन्द्रीय कार्यसमितिले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको थियो । एमालेले गएको पुसमा झुलाघाटदेखि चिवाभन्ज्याङ मध्यपहाडी राजमार्गमा सङ्कल्प यात्रामा मिसन ०८४ अभियान चलाएको थियो ।

 

पोलिट ब्युरोको बैठकमा महासचिव शंकर पोखरलेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण कार्ययोजना’ पेस गर्नुभएको छ । पोलिटब्युरो सदस्यले सुझाव दिएपछि कार्ययोजना पारित हुनेछ । एमालेको पोलिट्ब्यूरो बैठक आज पनि चल्नेछ ।

प्रतिकृया दिनुहोस

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै

सुदूरपश्चिमको विकासका लागि सधैं लागि पर्ने छु : परराष्ट्रमन्त्री राणा

आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताईन ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित

सत्ता साझेदार दलको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो