जलवायुमैत्री प्रविधि प्रयोग गरी धानको उत्पादन बढाउने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड

२०८१ असार १५ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।

 

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धानको उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले किसानलाई आवश्यक मल र बीउको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

 

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आउँदो दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखेको प्रधानमन्त्रीको भनाई छ । धानबाली नेपालको प्रमुख खाद्यान्न बाली हुनाले तीनवटै तहका सरकार गम्भीर भएर भइरहेका नीतिको सफल कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।

 

राष्ट्रिय धान दिवसको अवसरमा बछौलीमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्नुभयो । रासस

प्रतिकृया दिनुहोस

प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरुद्वारा राजीनामा

नेकपा एमाले सरकारबाट बाहिरिएको छ । हिजो प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने

‘छाउपडी प्रथाले महिला असुरक्षित’

राष्ट्रियसभाका सदस्यहरूले छाउपडी प्रथाका कारण महिला असुरक्षित रहेको बताएका छन् । छाउपडी प्रथालाई उन्मूलन गर्न बनाइएका नीति तथा कानुनी व्यवस्था

माओवादी संसदीय दलको बैठक बस्दै

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो