एसइई रिजल्ट : सरस्वती मा.वि बैवाह बेलडाँडी पालिकामै उत्कृष्ट

२०८१ असार १७ आइतबार

रेडियो सुदूर सञ्चार/ बेलाैरी, कञ्चनपुर-


शैक्षिक सत्र ०८० मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बेलडाँडी गाँउपालिकाको एक सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएको छ । बेलडाँडी गाँउपालिका ४ बैवाह स्थित सरस्वती जनता मा.विले पालिकामा उत्कृष्ट नजिता ल्याएको हो ।

 

बेलडाँडी गाँउपालिकाको तथ्याङ्क अनुसार एसइईमा सहभागी ८ विद्यालय मध्ये सरस्वती जनता मा.वि वैवाहले उत्कृष्ट नतिजा ल्याएको छ ।

 

बेलडाँडीका ६ सामुदायिक र २ निजी विद्यालय एसइईमा सहभागी भएका थिए । जसमध्ये सरस्वती जनता मावि अग्रस्थानमा छ । 


सरस्वती जनता माविका ६१ जना विद्यार्थी मध्ये, ३८ अर्थात ६२.३० प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । नन ग्रेडमा २३ र ग्रेडबृद्धिमा १७ विद्यार्थी रहेका छन् ।

 

सरस्वती मावि वैवाहका प्रद्यानाध्यापक दिपेन्द्र बुढाले पालिकामा सबैभन्दा बढी विद्यार्थी संख्या उर्तिण गर्न सफल भएको बताए । 

 

Open photo

प्र.अ बुढाका अनुसार दुई छात्रा र १ छात्रले उत्कृष्ट स्थान हासिल गरेका छन् । अन्जली चौधरीले ३.६४ विशाल ओखेडाले ३.४८ र राम कुमारी चौधरीले ३.४ ग्रेड ल्याएर विद्यालयमै उत्कृष्ट स्थान हासिल गरेको बताए ।  ९ विद्यार्थीले ३ जिपिए भन्दा बढी ग्रेड ल्याएका छन् । सबै भन्दा कम २.२५ जिपिए आएको छ ।,


बुढाले डेढ महिना अतिरिक्त कक्षा सञ्चालन गरेर विद्यालयमै पठन-पाठन गरिएको बताए । ‘हामीले विद्यार्थीलाई मोवाईलदेखि अन्य खाली समय घुम्नफेर्नका लागि मौका नै दिएनौँ, ‘प्रअ बुढाले भने, ‘निरन्तर पढाईमा केन्द्रीत भयौँ ।’ 


उनलेे अभिभावको केयर, विद्यार्थीको गलनशिलता र शिक्षकको मेहनत विद्यालय प्रशासनको योजना एवम् बेलडाँडी ४ वडा कार्यालय सहितका सरोकारवालाको सहयोगले सबैभन्दा बढी विद्यार्थी उर्तिण हुन सफल भएको बताए ।

 

आगामी बर्षमा थप मेहनत गरेर उर्तिण विद्यार्थी संख्या अझै बृद्धि गर्ने लक्ष्य रहेको प्रअ बुढाको प्रतिबद्धता छ ।

 

भने उता, दोस्रो स्थानमा बेलडाँडी गाँउपालिका १ झर्नासागरकाे सरस्वती मावि रहेको छ । ७९ विद्यार्थी मध्ये, ३१ विद्यार्थी उर्तिण अर्थात ३९.२४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।

 

४८ अनग्रेड र २७ ग्रेडबृद्धिमा परेका छन् । सिद्धनाथ मा.वि चौफेरी खैरिघाट तेस्रो स्थानमा आएको छ । ५६ विद्यार्थी मध्ये, १७ उर्तिण, ३९ नन ग्रेट र २३ ग्रेड बृद्धिमा परेका छन् । 


बेलडाँडीको निजी विद्यालय कञ्चन ग्यालेक्सीको उर्तिण प्रतिशत बढी अर्थात ५३.३३ भएपनि सरकारी विद्यालयको तुलनामा विद्यार्थी संख्या निकै कम १५ मात्रै रहेका छन् । १५ मध्ये ८ उर्तिण ३ ग्रेड बृद्धिमा परेका छन् । यद्यपी बेलडाँडीको समग्र एसइई नतिजा भने चिन्ताजनक रहेको छ ।

 

एसइईमा सहभागी मध्ये ३० प्रतिशत मात्रै उर्तिण भएका छन् । ८ विद्यालयका कुल ३ सय ९२ विद्यार्थी मध्ये १ सय १५ जना मात्रै उर्तिण भएका छन् ।

 

बेलडाँडीका स्थानीय जानकारहरुले शैक्षिक स्तर सुधारका लागी विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सहितका सरोकारवाला निकायले चिन्ता, चासो, गम्भिरता एवम् आ–आफ्नो क्षेत्रबाट जिम्मेबारी बहनमा साझा प्रयास आवश्यक रहेको औंल्याएका छन् । 

 

Open photo

प्रतिकृया दिनुहोस

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

कञ्चनपुर-   कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा

बेलौरी : चार विद्यालयका शतप्रतिशत विद्यार्थी उर्तिण, वात्सल्यका रोहितको हाईष्ट जीपीए

चन्द्रिका चौधरी / बेलाैरी, कञ्चनपुर -  माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरको बेलौरी नगरका चार विद्यालयले शत प्रतिशत नतिजा ल्याएका छन्

बेलाैरीमा नगरस्तरीय प्रधानाध्यापक संघ नेपाल गठन, अध्यक्षमा भण्डारी

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -    कञ्चनपुरको बेलाैरी नगरपालिकामा नगर स्तरीय प्रधानाध्यापक संघ नेपाल (PAN) गठन गरिएको छ ।  आइतबार बेलाैरी