प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरुद्वारा राजीनामा

२०८१ असार २० बिहीबार

नेकपा एमाले सरकारबाट बाहिरिएको छ । हिजो प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी भएका आठ जना मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

 

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

 

एमालेले कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ । गएको सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने समझदारी भइसकेको छ । संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।रासस

प्रतिकृया दिनुहोस

विपिन जोशीलाई हमासबाट छुटाएर फिर्ता ल्याउने पहल थाल्छु : परराष्ट्रमन्त्री आरजु

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले अपहरण गरी बेपत्ता बनाएका कञ्चनपुरका नेपाली

साउन ६ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।   आज प्रधानमन्त्रीको शपथ लिएका उनले साउन ६ गते बस्ने

पहिलो पटक कञ्चनपुरले पायो गृहमन्त्री

कञ्चनपुर - दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सत्ता समीकरण  अनुरुप प्रधानमन्त्री केपी शर्मा(ओली) सहितका मन्त्रीहरुले सपथ