बाढीले धेरै बस्ती डुबानमा

२०८१ असार २० बिहीबार

कैलाली-

 

कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।

 

घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिनुभयो । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उहाँले जानकारी दिनुभयो ।

 

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्वारमासमेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । बाढी घरमा पसेपछि स्थानीय सडकमा बसेका छन् ।

 

यस्तै लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेका स्थानीय भागीराम डगौराले बताउनुभयो । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उहाँले जानकारी दिनुभयो ।

 

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।

 

कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको ज्यान गएको छ । कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका ११ की २० वर्षीया सुस्मिता चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको ज्यान गएकोे हो ।रासस

प्रतिकृया दिनुहोस

वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी 

बेलाैरी, कञ्चनपुर -    बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको

कञ्चनपुर : आठ विद्यालयको नतिजा शून्य

कञ्चनपुर-   कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ।   केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा

लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल

रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -  कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय