मनसुन थप सक्रिय : धेरै ठाउँमा आज दिनभर नै पानी पर्ने सम्भावना

२०८१ असार १२ बुधबार

देशभर मनसुन थप सक्रिय भएको छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै झापाको केचनामा एक सय ५४ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् ।

 

नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । उहाँका अनुसार आज काठमाण्डौ उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।

प्रतिकृया दिनुहोस

सिमलताल पहिरो : भेटिएका ११ शवमध्ये सात वटाको सनाखत

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा

त्रिशूलीमा हराएकाको खोजी आज पनि जारी

गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

बैतडी–    जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई