बेलडाँडीको बजेट ५३ करोड १६ लाख

२०८१ असार १२ मंगलबार

बेलडाँडी,कञ्चनपुर-

 

बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

 

गाउँसभामा अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्तिनाथले बजेट पेश गरेकी छन् । गाउँसभामा ५३ करोड १६ लाख, ७२ हजारको बजेट पेश गरिएको छ ।

 

May be an image of 11 people, temple, hospital and text

 

गाउँपालिकाको १५औं गाउँ सभाले सो आवको बजेटमा चालुतर्फ रु ३६ करोड १ लाख ९२ हजार र पूँजीगततर्फ रु १७ करोड १४ लाख ८० हजार गरेर ५३ करोड १६ लाख ७२ हजार बजेट वक्तब्य भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले जानकारी गराए।

 

गाउँसभाको नीति तथा कार्यक्रममा पालिका प्रहरी, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र खेलमैदानलाई प्रमुख प्राथामिकता दिइएको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जनाए ।

 

May be an image of 4 people and people studying

 

उनका अनुसार आउदो नयाँ आर्थिक बर्षमा पालिका भरीको सुरक्षा व्यवस्थालाई कडा राख्न ५ जना पालिका प्रहरी राख्ने र तिनको लागि बजेट विनियोजन गरिसेको, ४ वटा वडा कार्यालयका भवन सम्पन्न गरि नयाँ भवनबाट नागरिकलाई सेवा दिने गरि कार्य अघि बढाएको बताए ।

 

गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य कृषि र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।

 

May be an image of 6 people and people studying

प्रतिकृया दिनुहोस

एसइई रिजल्ट : सरस्वती मा.वि बैवाह बेलडाँडी पालिकामै उत्कृष्ट

रेडियो सुदूर सञ्चार/ बेलाैरी, कञ्चनपुर- शैक्षिक सत्र ०८० मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (इसइई) मा बेलडाँडी गाँउपालिकाको एक

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

कञ्चनपुर-   आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन

भन्सार छलीका सामान बरामद

कञ्चनपुर-   कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।   पुनर्वास नगरपालिका–९ चकमेली बजार र गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि