एसईई नतिजा आज सार्वजनिक हुँदै

२०८१ असार १४ बिहीबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारी छ । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

 

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

 

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

प्रतिकृया दिनुहोस

आज संसद् दिवस मनाइँदै

आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले