बेलाैरी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयाेजनामा नागरिक सुनुवाई सम्पन्न

२०८१ असार ११ सोमबार

दिनेश चाैधरी / बेलाैरी कञ्चनपुर -

 

साेमबार कञ्चनपुरको पुरानाे सदरमुकाम बेलाैरीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीले बताए ।

 

Open photo

 

उनले भने- "हर प्रहर गाउँ र नगरी टाेल टाेलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ नागरिक सुनुवाइ आयोजना गरिएको हाे ।" शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेलाैरी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम गरिएको थियो।

 

Open photo

Open photo

 

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कञ्चनपुर प्रहरी उपरीक्षक (एसपी) चक्र राज जाेशी र कञ्चनपुर सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दकाे विशिष्ट आतिथ्यता रहेको थियो।

 

Open photo

Open photo

 

नेपाल प्रहरीले प्रदान गर्दै आइरहेका सेवा सुरक्षा एवम् सुशासनमा स्थानीय नागरिककाे धारणा कस्तो छ? नागरिकका समस्या के छन्? सराेकारवाला निकायले के गर्नु पर्ला भन्ने उद्देश्यका साथ प्रहरीको नियमित कार्यक्रम अन्तर्गत साेमबार बेलाैरीमा पनि नागरिक सुनुवाईकाे आयाेजना गरिएको कञ्चनपुर प्रहरी उपरीक्षक (एसपी) चक्रराज जाेशीकाे भनाइ छ ।

 

Open photo

Open photo

 

उनले प्रहरी सहित प्रमुख जिल्ला अधिकारीकाे सहभागीतामा नागरिकका समस्या सुन्न बुझ्न र समाधानको प्रयास गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भने यता, अधिकांश स्थानीय सहभागीले बेलाैरी प्रहरीकाे उच्च मुल्यांकन गर्दै प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

Open photo

Open photo

 

पछिल्लोपटक बेलाैरी प्रहरीले लागूऔषध राेकथाम तथा नियन्त्रण महा-अभियान देखि चाेरी तस्करी नियन्त्रण, अपराध अनुसन्धान, शान्ति सुरक्षा र सुशासनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै स्थानीयले बेलाैरी प्रहरी निरीक्षक जैशीकाे खुलेरै प्रशंसा गरेका थिए ।,

 

Open photo

Open photo

 

कार्यक्रममा सहभागी नागरिकले सीमा समस्या, सडक यातायात समस्या, किसानलाई मलखादकाे अभाव, राष्ट्रिय परिचयपत्र वितरण प्रणाली, बेलाैरी छाेटीभन्सार स्तराेन्नती, अलपत्र हुलाकी सडक, साइबर अपराध राेकथाम तथा नियन्त्रण जस्ता विविध सवालमा प्रश्न एवम् जिज्ञासा राखेका थिए ।

 

Open photo

Open photo

 

नागरिकको जिज्ञासालाई कञ्चनपुर प्रमुख जिल्ला अधिकारी सापकोटा, कञ्चनपुर प्रहरी उपरीक्षक जाेशी, सशस्त्र प्रहरी उपरीक्षक चन्द लगायतका उपस्थित सराेकारवाला निकायले सम्बाेधन गरेका थिए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, युवा सञ्जाल, प्रहरी, पत्रकार एवम् नागरिक समाजकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

 

 

Open photo

Open photo

 

भने, कार्यक्रमकाे सञ्चालन ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर कडायतले गरेका थिए ।

 

Open photo

 

फाेटाे फिचर -

 

Open photoOpen photoOpen photo

Open photo

Open photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photoOpen photo

प्रतिकृया दिनुहोस

विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग 

कञ्चनपुर- एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य

खैरो हेरोईनसहित युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु

कञ्चनपुर-   कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।   जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश