उच्च शिक्षाका लागि गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति : मेयर पाेतीलाल चाैधरी

२०८१ असार ७ बिहीबार

बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुरकाे बेलौरी नगरपालिकाले ग्रामीण भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण गरेको छ । 

 

बिहीबार पालिकाले नगर स्तरीय छात्रवृत्ति कार्यक्रम अन्तरगत दुई क्याम्पसमा अध्ययनरत सहित जिल्ला बाह्य प्राविधिक एवम् उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हाे ।,

 

बेलौरी नगरपालिका छात्रवृत्ति फोकल प्रशन रेशम चौधरीले चालू आर्थिक बर्ष ०८०/०८१ मा बेलौरी नगरमा घर भई जिल्ला बाहिरका क्याम्पसमा अध्ययनरत एवम् स्थानीय स्तरमै रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीको अध्ययन सहजताका लागि छात्रबृति वितरण गरेको बताए ।,

 

फोकल प्रशन चौधरीले भने- बेलौरीका स्थानीय दुई क्याम्पस महाकाली र रामपुर बहुमुखी क्याम्पसका विद्यार्थी सहित नगर बाहिर उच्च शिक्षा, प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रबृति वितरण गरिएको हाे ।,

 

उनका अनुसार रामपुर बहुमुखी क्याम्पसमा अध्ययनरत १४, महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६५, दलित विद्यार्थी मात्रै ३८ र उच्च शिक्षाका लागि नगर बाहिर रहेका प्राविधिक धार तर्फका ८१ जना विद्यार्थीलाई जनही १० र १५ हजारका दरले २० लाख ५ हजार रुपैया छात्रबृति वितरण गरिएको छ ।

 

जेहेन्दार, गरिब, विपन्न, आदिवासी, जनजाती, दलित, मुक्त कमैया, हलिया, द्वन्द्वपीडित सहितका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीले जनाए ।

 

‘प्राविधिक धार तर्फका विद्यार्थीलाई जनही १५ हजार र साधारण तर्फ जनही १० हजारका दरले हामीले छात्रबृति वितरण गरेका छौँ, ‘उनले भने, ‘यस बर्ष १ सय ९८ जना विद्यार्थीलाई वितरण गरेका छौँ ।’

 

मेयर चौधरीले स्थानीय विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहजताका लागि पालिकाबाट नगद छात्रवृत्ति वितरण गरिदै आएको बताए ।

 

मेयर चौधरीले स्थानीय एवम् बाह्य क्षेत्रमा उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको पढाईमा टेवा पु¥याउने उदेश्यले पालिकाले छात्रबृति कार्यक्रम ल्याएको हाे । उनले भने, - अध्ययनका क्रममा आईपर्ने समस्या समाधानका लागि पालिका सरकारले अभिभावकत्व बहन गरिरहेको छ ।,

 

उता, बेलाैरी नगरपालिकाबाट छात्रवृत्ति पाएपछि विद्यार्थी हर्षित भएका छन् । अध्ययनका सिलसिलामा शैक्षिक सामग्री खरिद गर्नकै लागि भएपनि छात्रवृत्तिले केही सहजता हुने विद्यार्थीहरुको भनाई छ ।,

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेश : ५ विना विभागीय मन्त्रीलाई जिम्मेवारी, वन वातावरण तथा सहकारी मन्त्रीमा थापा

बेलाैरी, कञ्चनपुर -   आइतबार सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाएर ५ बिना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ

एसइई रिजल्ट : सरस्वती मा.वि बैवाह बेलडाँडी पालिकामै उत्कृष्ट

रेडियो सुदूर सञ्चार/ बेलाैरी, कञ्चनपुर- शैक्षिक सत्र ०८० मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (इसइई) मा बेलडाँडी गाँउपालिकाको एक

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

कञ्चनपुर-   आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन