आज संसद् दिवस मनाइँदै

२०८१ असार १६ आइतबार

आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसदको बैठक बसेको दिन । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमचुनावबाट गठित संसदको पहिलो बैठक २०१६ साल असार १६ गते बसेको दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

 

संसद् स्थापनाको स्मरण गरी आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले कार्यक्रमको आयोजना गरेका छन् । पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो ।

 

बलियो संसद् लोकतन्त्रको आधारशीला भएको हुँदा संसदलाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् ।त्यस्तै संसदलाई सत्ताको जोडघटाउ गर्ने ठाउँ मात्रै बनाउन नहुनेमा उनीहरुको जोड छ ।

 

यसैबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई सत्ताको जोडघटाउभन्दा माथि राखेर नागरिकको आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा संसदलाई विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।     

प्रतिकृया दिनुहोस

एसईईमा नन ग्रेडेडले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको