किसानका विविध समस्यालाई समाधान गर्न प्रयासरत छाैं : वडाध्यक्ष श्रेष्ठ

२०८१ जेठ २२ मंगलबार

दिनेश चाैधरी / बेलाैरी,कञ्चनपुर -

 

बेलाैरी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाश श्रेष्ठले किसानका विविध समस्यालाई समाधान गर्न आफू प्रयासरत रहेको बताए ।

 

मंगलबार बेलाैरी नगरपालिका ७ मा सञ्चालित रेडियो कार्यक्रम नागरिक सुनुवाइलाई सम्वाेधन गर्दै वडाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

 

Open photo

 

बेलाैरी नगरपालिकाकाे सहकार्य र रेडियो सुदूर सञ्चारकाे आयाेजनामा सञ्चालित कृषि उत्पादन, बजारीकरणमा समस्या समाधान र सम्भावना विषयक खुल्ला अन्तरक्रियात्मक कार्यक्रममा अध्यक्ष श्रेष्ठले किसानका समस्या समाधानमा आफूले सधैं सकारात्मक एवम् समन्वयात्मक भूमिका निर्वाह गरिरहेको जनाए ।

 

Open photo

 

उनले भने, "यहाँका किसानको समस्या संग म निकै परिचित छु, किसानलाई मलखदकाे अभाव छ ।, कृषि उत्पादन बजारीकरणकाे समस्या पनि उस्तै छ । यद्यपि यी यस्ता विविध समस्यामा हामी गम्भीर छाैं ।, कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले - "स्थानीय सरकारले कृषि उपजको संकलन व्यवस्थापन र बजारीकरण गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याए पनि याे प्रयाप्त भने नभएको विचार व्यक्त गरे । उनले बेमौसमी तरकारी कृषि उत्पादन र बस्तुकाे बजारभाउकाे समस्यालाई मध्यनजरगर्दै बेलाैरीमा एक काेल्ड स्टाेरकाे खाँचो रहेको औंल्याए ।,

 

Open photo

 

नागरिक सुनवाइमा सहभागीहरुकाे जिज्ञासा मेटाउदै अध्यक्ष श्रेष्ठले हरेक वर्ष कृषक समूहलाई विभिन्न उन्नत जातका बीउ बिजन र अनुदानमा कृषि यन्त्र वितरण भइरहेको जनाए छन् ।, उनले भने - किसानका समस्या समाधान र सम्भावना सम्बन्धि प्रत्यक्ष अन्तरक्रियामा अवसर प्रदान गर्नुहुने आयोजक रेडियो सुदूर सञ्चार प्रति आभार व्यक्त गर्दछु ।,साथै आगामी आ.व मा किसानलाई सहुलियतमा कृषि मिटर प्रदान गर्ने नगरकाे याेजना रहेको अध्यक्ष श्रेष्ठले जनाए ।,

 

Open photo

 

यस्तै, खुल्ला अन्तरक्रियात्मक कार्यक्रमका सभाध्यक्ष एवम् कृषि विकास शाखा बेलाैरीका प्राविधिक सहायक राेहित भट्टले - दैनिक उपभाेग्य कृषि उत्पादन बस्तुमा सकभर विषादीको प्रयाेग नगर्न र गरिहाले न्यून मात्रामा हरियो विषादीको प्रयाेग गर्न सुझाव दिएका छन् ।

 

Open photo

 

उनले आवश्यकता अनुसार जैविक मलको प्रयोगमा जाेड दिन आग्रह गरे ।, सहभागीकाे प्रश्नमा प्रविधिक सहायक भट्टले जमिनको स्तर अनुसार बीउबिजनकाे प्रयोग र समयानुसार परीक्षण गरे मात्रै राम्रो उत्पादन लिन सकिने बताए ।

 

Open photo

 

कृषि विकास शाखा कार्यालयले हाल सम्म गरेका कार्य प्रगतिकाे बारेमा समेत संक्षिप्त व्याख्या गरेका थिए ।, भट्ट भन्छन् - "कृषि शाखा कृषकहरुकाे हक अधिकार समन्वय र सहकार्यका लागि सदैव साथमा छ ।"

 

Open photo

 

कार्यक्रममा वडाका अग्रज किसान महिला स्थानीय भलमन्सा कर्मचारी जनप्रतिनिधि एवम् सराेकारवालाहरुकाे सहभागीता रहेको थियो । उनीहरूले सराेकारवाला निकाय समक्ष आफ्नो विचार राख्न पाउँदा खुसी व्यक्त गरेका थिए ।

 

Open photo

 

याे संगै विभिन्न शीर्षकमा सञ्चालित नागरिक सुनुवाइ नगरका तीनवडा १०, ५ र ७ मा सम्पन्न भएको आयोजनाले जनाएको छ ।

 

Open photo

 

 

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी