स्थानीय तहको बेरुजु ३० अर्ब

२०८१ जेठ १४ सोमबार

स्थानीय तहको बेरुजु आर्थिक वर्ष (आव) २०७९/८० मा ३० अर्ब ८३ करोड देखिएको छ ।

 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार ७ सय ४६ स्थानीय तहको ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाखको लेखापरीक्षण भएको थियो ।

 

लेखापरीक्षणबाट ३५ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ४ अर्ब ८३ करोड ९ लाख रुपैयाँ फर्छ्योट गरिएको थियो ।

 

अब स्थानीय तहको ३० अर्ब ८३ करोड ५३ लाख रुपैयाँ फछ्र्योट गर्न बाँकी छ । त्यसमध्ये असुल गर्नुपर्ने ४ अर्ब ९ करोड १८ लाख, नियमित गर्नुपर्ने २३ अर्ब ९२ करोड ८८ लाख र म्याद नाघेको पेस्की २ अर्ब ८१ करोड ४८ लाख बाँकी छ ।

 

त्यसैगरी दुई स्थानीय तहको २०७७/७८ र २०७८/७९ को २ अर्ब १४ करोड ९५ लाखको लेखापरीक्षणबाट १७ करोड ९८ लाख बेरुजु देखिएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा

प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा 

सुदूरपश्चिमसहितका यी प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

विमान दुर्घटनामा मृ*त्यु भएका ५ जनाको शव परिवारलाई बुझाइयो

सौर्य एयरलाइन्सको बिमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव परिवारजनले बुझेका छन् ।   शुक्रबार शव परीक्षण सकिएकाले उनिहरुको शव परिवारजनलाई