सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८१ जेठ १३ आइतबार

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

 

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।

 

त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्सि १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप हुने बताएका छन् ।   बिहीबार

बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ ।   सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै

आज बजेट सार्वजनिक हुँदै

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा