विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

२०८१ जेठ १३ आइतबार

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

 

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेकाले कार्यसूचीअनुसार हुने–नहुने अनिश्चित छ ।

 

गत शुक्रबारकै बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास हुन सकेको थिएन ।

 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

 

आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।

 

एक नेताका अनुसार शनिबार बसेको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट प्रस्तुत गर्ने दिन नजिकिएकाले नीति तथा कार्यक्रम पारित गर्नैपर्ने बताएका थिए । उनले कांग्रेसले विरोध जारी राखे पनि सरकार अघि बढ्ने जानकारी नेताहरुलाई गराएका थिए ।

 

सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

एमालेले आउँदो चुनाव एक्लै लड्ने

नेकपा एमालेले आउँदो चुनाव एक्लै लड्ने जनाएको छ । साथै कार्ययोजना बनाएर एकल बहुमत ल्याउने गरी अगाडि बढ्ने भएको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसले

प्रतिनिधि सभाको बैठक आज बस्दै

आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक  बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।   आज बस्ने प्रतिनिधि सभा बैठकमा

रास्वपा सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले