विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

२०८१ जेठ १३ आइतबार

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

 

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेकाले कार्यसूचीअनुसार हुने–नहुने अनिश्चित छ ।

 

गत शुक्रबारकै बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास हुन सकेको थिएन ।

 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

 

आज पनि नेपाली कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।

 

एक नेताका अनुसार शनिबार बसेको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट प्रस्तुत गर्ने दिन नजिकिएकाले नीति तथा कार्यक्रम पारित गर्नैपर्ने बताएका थिए । उनले कांग्रेसले विरोध जारी राखे पनि सरकार अघि बढ्ने जानकारी नेताहरुलाई गराएका थिए ।

 

सहकारी प्रकरणको विषयलाई लिएर अवरुद्ध संसद खुलाउने प्रयासमा प्रधानमन्त्रीले आज पनि बालुवाटारमा शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

कोशी सरकारबाट पनि बाहिरियो माओवादी

काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई

आज सङ्घीय सांसदका ६ संसदीय समितिको बैठक बस्दै

सङ्घीय सांसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन् । आज कानुन, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला,

नेकपा एसले बाेलायाे केन्द्रीय कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ ।   पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान