कान्तिपुरका अध्यक्ष सिराेहिया पक्राउ

२०८१ जेठ ८ मंगलबार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको भवनबाट पक्राउ गरिएको हो ।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृतवमा खटिएकाे प्रहरीले सिराेहियालाई पक्राउ गरेकाे हाे । 

 

सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको जनाइएको छ ।

 

सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले आजै प्रहरीलाई अनुमति दिएको थियो ।

 

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो ।

 

अदालतको इजलास न २ बाट अनुमती जारी भएको थियो ।

प्रतिकृया दिनुहोस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य

आर्थिक वर्ष २०८१/८२ काे बजेट यस्ताे छ (पूर्णपाठ)

  सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । मंगलबार संसदमा  अर्थमन्त्री वर्षमान पुनले साे आकारको बजेट

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म