‘ह्रस्व दीर्घ’ले पाँच दिनमा कमायो तीन करोड ६५ लाख

२०८१ मङ्सिर ४ मंगलबार

नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म मंगलबार पाँचौ दिनमा प्रदर्शनरत छ । आजसम्मको बक्स अफिस अकडा हेर्दा हलमा दर्शकहरुको उपस्थिति मध्यम रहेको पाइएको छ ।

 

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्ट अनुसार सुरुवाती चार दिनमा यस फिल्मले तीन करोड ६५ लाख ग्रस कलेक्सन गरेको छ । दोस्रो दिन शनिबार फिल्मले सबैभन्दा बढी एक करोड २० लाखको व्यापार गरेको थियो ।

 

सोमबारको सार्वजनिक बिदाको प्रभाव फिल्मको बक्स अफिस कलेक्सनमा देखिएको छ । आइतबारको तुलनामा यस फिल्मले १५ लाख बढी अर्थात् ९० लाखको व्यापार गरेको वितरक मनोज राठीले बताए । आइतबार भने फिल्मले ७५ लाखको कलेक्सन गरेको थियो । फिल्मले पहिलो दिन शुक्रबार ८० लाखको व्यापार गरेको थियो ।

 

दर्शकको यही संख्याको उपस्थितिले भने लगानी ६ करोड पुग्न अझै तीन दिन लाग्ने देखिन्छ । यस फिल्मले घरेलु बजारबाट मुनाफा निश्चित गर्न कठिन देखिन्छ । जसका लागि फिल्मले कम्तीमा  १२ करोडभन्दा बढी व्यापार गर्नुपर्ने हुन्छ ।

 

यस फिल्ममा नीता र ज्योतिषी एवम् नायक हरिहर अधिकारी मुख्य भूमिकामा छन् । भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय रहेका कारण यस फिल्मले छायाङ्ककै क्रममा चर्चा बटुलेको थियो ।

 

फिल्ममा उनीहरुसहित सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल, गरिमा शर्मा, रेखा थापालगायतको अभिनय छ । चन्द्र पन्तले निर्देशन गरेको यस फिल्मको कथा हरिहरले लेखेका हुन् ।

प्रतिकृया दिनुहोस

‘पूर्णबहादुरको सारंगी’ले १७ दिनमा कमायो ३४ करोड ३६ लाख

‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनसम्म देशब्यापी ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको

‘पूर्णबहादुरको सारङ्गी’ बन्यो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म

‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख

‘पूर्णबहादुरको सारंगी’ले दश दिनसम्म कमायो १८ करोड

फिल्म ‘पूर्णबहादुरको सारंगी’ले घरेलु बक्सअफिसमा प्रदर्शनको दशौं दिनसम्म १७ करोड ९८ लाख ग्रसको ब्यापार गरेको छ । वितरण कम्पनी ब्यांकटेस