उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

२०८१ कार्तिक २९ बिहीबार

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वटा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । तीमध्ये समन्वय समिति प्रमुखमा उम्मेदवारी नदिने नेता जनक बुढाले जानकारी दिए ।

 

बुढाका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष (बाजुरा) मा राजुकुमारी विक रचनालाई उठाएको छ । सुर्मा गाउँपालिका–४ (बझाङ) मा पुष्करबहादुर बोहरा, पूर्वी चौकी गाउँपालिका–६ (डोटी)मा देवीलाल थापालाई उठाएको छ ।

 

यसैगरी दुहुँ गाउँपालिका–५ (दार्चुला) मा वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६(कञ्चनपुर)मा नानाराम कोलीलाई उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति प्रमुख (कैलाली) उम्मेदवारी दिने योजना नभएको बुढाले बताए ।

प्रतिकृया दिनुहोस

शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये

कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको

युवा विद्यार्थी भन्छन–‘सरकारी जमिनमा अवैध संरचना बनाउन बजेट दिने कार्यपनि भ्रष्टाचार हो, यसमा अख्तियारले छानबिन गर्नुपर्छ’

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरका युवा विद्यार्थीले नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएका सबै संरचना नभत्काए आन्दोलनको चेतावनी दिएका