बाजुरामा अनुदानको नुन लिन कार्यालयको सिफारिस अनिवार्य
बाजुरा -
बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
साल्ट्र ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले अनुदानको नुनको कालोबजारी रोक्न वडाको सिफारिस अनिवार्य गरेको जनाएको छ । साल्ट टे«डिङका शाखा कार्यालय प्रमुख टेक बहादुर बोहराले अनुदानको नुन वस्तुभाउलाई दिने तथा स्थानीयहरुले अरु जिल्लामा समेत पठाउने गरेको पाइएकोले वडाको सिफारिसको व्यवस्था गरिएको बताउनु भयो । उहाँले वडा कार्यालयको सिफारिसमा परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
साल्ट टे«डिङ कर्पोरेशनले बडिमालिका नगरपालिकाका ९ वटै वडामा घरधुरी विवरण पठाएको र सोका आधारमा वडा कार्यालयको सिफारिस पछि मात्रै नुन बिक्री वितरण हुने व्यवस्था गरेको छ ।
त्यस्तै बडीमालिका नगरपालिका बाहिरका नागरिकका लागि नुन खरिद गर्न नागरिकता अनिवार्य गरिएको छ । साल्ट टे«डिङ कर्पोरेशनका मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ हजार ५ सय क्विन्टल कोटा रहेकोमा हाल ६ सय क्विन्टल नुन मौज्दात रहेको छ । बाजुरामा हाल ४ वटा विक्रि केन्द्र र ४ वटा अस्थायी डिपो रहेका छन् ।
शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए
डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये
उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार
सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक
कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको
प्रतिकृया दिनुहोस