भीमदत्त ६ वडाध्यक्षका लागि रास्वपाबाट भट्ट उम्मेदवार
कञ्चनपुर -
आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई उम्मेदवार बनाएको छ । मंगबार राष्ट्रिय स्वतन्त्र पार्टीप भीमदत्त नगरको बैठकले पाटीबाट छनौट भएका नेता भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
रास्वपा भीमदत्त नगरका अध्यक्ष अम्बादत्त जोशीले पार्टीको विधि प्रकृया अनुरुप उम्मेदवारका लागि दरखास्त आब्हानसंगै पार्टी नेता कार्यकर्ताहरुको मतका आधारमा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । समाजसेवी समेत रहेका भट्ट रास्वपा भीमदत्त नगरका सचिव पनि हुन् । उनी हाल भीनपा ६ ऐठपुरकै शान्ति निकेतन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । विद्यालय व्यवस्थापन समितिकै अध्यक्ष भट्ट उम्मेदवार भएसंगै शिक्षक, विद्यार्थी, अभिभावक समेत हर्षित भएका छन् ।
रास्वपा उम्मेदवार भट्टले सुशासन, दिगो विकास, भ्रष्टाचार बिरुद्धका एजेण्डा अघि सारेका छन । बौद्धिक शिक्षित व्यक्तित्वका रुपमा परिचित भट्ट विवादरहित विकासप्रेमीका रुपमा चिनिन्छन । उम्मेदबार टुङगो लागेसंगै रास्वपा चुनावी मैदानमा होमिएको रास्वपा कञ्चनपुरका नेता ज्ञानेन्द्र महताको घोषणा छ । रास्वपा कञ्चनपुरमा स्थानीय तह निर्वाचन पहिलो पटक लड्दै छ ।
शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए
डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये
उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार
सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक
कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको
प्रतिकृया दिनुहोस