कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु

२०८१ कार्तिक २७ मंगलबार

कञ्चनपुर -

 

कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ वर्षीय बालक अनमोल कुँवरको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ वाणीबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुल ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको छ । सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । उनको भारतको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए ।

 

आफन्तले चरम लार्पबाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये

उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक

कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको