बोक्सीको आरोपमा महिलाको कपाल चक्कुले काटियो, तीन जना पक्राउ
कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीया महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा धामीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीया लाली चौधरी र बालिकाको ३० वर्षीया आमा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।
डीएसपीका अनुसार कात्तिक २२ गते बिहीबार राति बालिकाको आमाले छोरी बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन्। त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार देखाउँदै चक्कुले कपाल काटिदिएका थिए भने घाँटी न्याक्ने जस्ता व्यवहार गरेका थिए।
उनले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी इलाका प्रहरी कार्यालय टीकापुरमा दिएकी छिन्। उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।
बाजुरामा अनुदानको नुन लिन कार्यालयको सिफारिस अनिवार्य
बाजुरा - बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले
भीमदत्त ६ वडाध्यक्षका लागि रास्वपाबाट भट्ट उम्मेदवार
कञ्चनपुर - आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई
कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु
कञ्चनपुर - कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८
प्रतिकृया दिनुहोस