बोक्सीको आरोपमा महिलाको कपाल चक्कुले काटियो, तीन जना पक्राउ

२०८१ कार्तिक २७ मंगलबार

कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीया महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा धामीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीया लाली चौधरी र बालिकाको ३० वर्षीया आमा रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।

 

डीएसपीका अनुसार कात्तिक २२ गते बिहीबार राति बालिकाको आमाले छोरी बिरामी भएपछि झारफुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन्। त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार देखाउँदै चक्कुले कपाल काटिदिएका थिए भने घाँटी न्याक्ने जस्ता व्यवहार गरेका थिए।

 

उनले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी इलाका प्रहरी कार्यालय टीकापुरमा दिएकी छिन्। उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये

उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक

कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको