धनगढीका ओझा पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।
पोल्याण्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् ।
ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए ।
राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए । 'हामीले धेरै पटक उनको उद्धार गर्यौं । परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौं । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए,' विष्टले भने ।
समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।
बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।
यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरे ।
नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन् ।
बाजुरामा अनुदानको नुन लिन कार्यालयको सिफारिस अनिवार्य
बाजुरा - बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले
भीमदत्त ६ वडाध्यक्षका लागि रास्वपाबाट भट्ट उम्मेदवार
कञ्चनपुर - आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई
कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु
कञ्चनपुर - कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८
प्रतिकृया दिनुहोस