पर्सिदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२०८१ कार्तिक २० मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शुक्रवार कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।

 

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा झन्डै पाँच महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले यो कामको योजना झन्डै आठ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो ।

 

हिउँद महिनामा उडान कम हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ । ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढेर जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । प्राधिकरणले स्तरोन्नतिको अवधिभर बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

 

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तो दरको टिकट व्यवस्था गरेको स्मरण गराउनुभयो । उहाँले भैरहवा विमानस्थलमा थाई एअर एसिया, जजिरा र फ्लाई दुबई गरी तीन वटा अन्तर्राष्ट्रिय एअरलाइन्सले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो ।

 

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा विमानहरुले उडान कटौती गर्ने र भाडा महँगिने तथा टिकट नै नपाउने हुँदा पर्यटक आगमनमा असर पर्ने भन्दै व्यवसायीहरुले चिन्ता जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय

औषधि बेच्नेले अनिवार्य सेतो 'एप्रोन' लगाउनुपर्ने

आउँदाे पुस ४ गतेदेखि 'फर्मासिस्ट' हरूले सेतो 'एप्रोन' लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।   नेपाल फार्मेसी

४ महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।    नेपाल विद्युत