कञ्चनपुर : एकैदिन ३० जना जुवाडे पक्राउ
कञ्चनपुर -
कञ्चनपुरमा एकै दिन ३० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट सहित २० जनालाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई ३६ हजार ९८ रूपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।
यस्तै कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर–९ राजघाटका ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए
डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये
उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार
सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक
कांग्रेसले जिसस अध्यक्षका लागि टीका चौधरी भुललाई उम्मेदवार बनाउने
नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीको
प्रतिकृया दिनुहोस