बेलडाँडी उपप्रमुख नाथको सचिवालयद्वारा ग्रिनपार्कका संचालक गिरीलाई सम्मान
कञ्चनपुर -
कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा निजी लगानीमा ग्रिनपार्क संचालन गरेका प्रेमराज गिरीलाई सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथको सचिवालयले लिटिल ग्रिनपार्कका संचालक गिरीलाई सम्मान गरेको हो ।
उपप्रमुख नाथको सचिवालयले दशैँ, तिहार, छठ एव नेपाल सम्बदको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान गरिएको जनाएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले गाँउको पर्यावरण पर्यटनमा प्रेमराज गिरीको भूमिका सराहनीय भएको निजी क्षेत्रको उत्साहका लागि सम्मान गरिएको छ । गिरीलाई खादा, फुलमाला अबिर लगाएर सम्मान गरिएको छ । सम्मान पाएका गिरीले स्थानीय सरकारबाट समेत ग्रिनपार्कप्रति चासो देखाएको भन्दै आभार प्रकट गरेका छन् । गिरी परिवारले निजी लगानीमा गाँउमै पार्क बनाएपछि स्थानीय पर्यटन प्रर्बद्धनमा टेवा पुगेको छ ।
बेलडाँडी गाँउपालिका २ रौलेश्वटोल स्थित लिटिल ग्रिनपार्कमै भएको कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका सत्ताधारी एमाले, काँग्रेस, नेकपा एकीकृत समाजवादी सहितका दलका नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।
बाजुरामा अनुदानको नुन लिन कार्यालयको सिफारिस अनिवार्य
बाजुरा - बाजुरामा अनुदानको नुन लिन वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशनको मार्तडीस्थित शाखा कार्यालयले
भीमदत्त ६ वडाध्यक्षका लागि रास्वपाबाट भट्ट उम्मेदवार
कञ्चनपुर - आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रामदत्त भट्टलाई
कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु
कञ्चनपुर - कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८
प्रतिकृया दिनुहोस